ढुङ्गा लाई फुल पाती चढाउदै रोए |
माफी माग्दै सिर पनि झुकाउदै रोए ||
स्वार्थी मान्छे तिमी जस्तो समाजमा हेर |
तिम्रो चोटमा आफ्नै मन दुखाउदै रोए ||
आँसुहरु सुकिसके सुक्खा भयो आँखा |
तिमीलाई बिदा गर्न हिम्मत जुटाउदै रोए ||
केहि पाउन केही यहाँ गुमाउनु पर्छ |
झुटो कसम झुटो नाता फुकाउदै रोए ||
मेरो माया मेरो प्राण भन्ने गर्थेउ पैले |
तिम्रो मेरो बिचको प्रेम छुटाउदै रोए ||
– देवराज तिमल्सिना
लालबन्दी, सर्लाही
गजल
