ज्योति लाई बैस चड्यो रे

२०७३ माघ १० सोमवार
Shikhar News
Spread the love

माघ १०, काठमाण्डौ । अहिले कि चर्चित गयिका तथा मोडल ज्योति मगर बैश चड्यो भन्दै आएकी छन । एक पछी अर्को उत्कृष्ट गीत तथा भिडिओहरु उत्पादन गर्दै आएको भेरी गंगा म्युजिक प्राली ले यो भिडिओ बजार मा ल्याएको हो । गायक भेसराज भण्डारी र लक्ष्मी परियार/भाबना जि एमको स्वर रहेको लोक दोहोरी गीत ‘बैश चडेर आयो’ बोलको गीतमा म्यूजिक भिडियो निर्माण गरिएको छ । उक्त गीतमा भेसराज भण्डारीको लय सन्कलन तथा थेगो भाबना जि एमको रहेको छ । उक्त म्युजिक भिडियोलाई अत्याधुनिक प्रविधिसहित छायाँकन गरिएको भेरी गंगा म्युजिक का संचालक बसन्त राज गौतमले शिखर न्युज लाई बताए । म्यूजिक भिडियोमा मदन खड्का र ज्योति मगरले दमदार अभिनय प्रस्तुत गरेका छन् । भेरीगंगा म्युजिकले बजार ब्यबथापन गरेको यो म्यूजिक भिडियो लाई मदन खड्काले निर्देशन गरेका हुन भने टन्क केसीको छायाँकन तथा सम्पादन बिकासको रहेको छ ।