एक मर्माहित मन छुने छोटो कथा

२०७३ माघ १२ बुधवार
NewsDesk ShikharNews
Spread the love

हामी सानै उमेरमा आफ्ना सन्तान छोरा छोरीलाइ पढनका निमित बिध्यालयको  होस्टेल भर्ना गराउछौ  उच्च शिक्षा प्राप्त गराउन बिदेश सम्म पठाउछौ यो एक किसिमको फेशनको रुपमा चल्दै आएको जस्तो पनि देखिन्छ, यस्ता खाले कृयाकलापले के सम्म बिकृति निम्ताउदो रहेछ, यहा प्रस्तुत छ एउटा एक मर्माहित मन छुने छोटो कथा…

बिदेशबाट आफ्नो बा लाई फोन गर्दै :- छोरो

– बा, सन्चै हुनुहुन्छ ? बा – सन्चै छु, तलाई ब्वारी नातिनातिनीलाई नि सन्चै होला नि !

छोरा – म पनि सन्चै छु, अरुपनि सबै सन्चै छन ।

बा – यत्रो बर्ष पछि फोन गरिस,खुसी लाग्यो ।

छोरा – मलाई नि हजुरको सम्झना आईरहन्छ, तर के गर्नु फुर्सदै हुदैन ।

बा : अँ भन, अरु केही थियो कि ?

छोरा – बा, हजुरको नाम के रे, मैले त बिर्सिएछु ।

बा – (झल्यास्य हुँदै), किन र मेरो नाम पनि भुलिस अब ? अझ खुबै सम्झना आउँछ भन्छ ।

छोरा – के गर्नु बा, तपाइलाई नसम्झिएको कहाँ हो र, तपाइको नाम पो बिर्सिएको ।

बा : नागरिकता होलानी तँ संग, त्यसैमा लेख्या होला हेर्न !

छोरा : अब त्याँ को नागरिकताको याँ केही काम छैन, त्यै पनि कता परेछ-परेछ ।

बा – ख्वै, मेरो नाम नि पुरेतले राखिदिएका हुन, सोधेर खबर गरुला नि !

छोरा : हस, हजुरले सोध्नुहोला, म एकैछिनमा फेरि फोन गर्छु है ?

बा : हुन्छ ! (बिचरा, आँखाभरी आँसु लिदै) एकैछिनमा बुढी आउछिन र सोध्छिन !

बुढी – किन आँखाभरी आँसु लिएर बसेको ? के भो र ? कसले के भन्यो ?

बुढा – हैन केही भएको छैन ! भर्खर यत्रो बर्ष पछि छोरोले फोन गरेको थियो, त्यै भएर ।

बुढी : (खुसी हुँदै), ए हो र ? अनि सप्पै सन्चै होलान नि है ?

बुढा – सबै सन्चै छन रे । बुढी – अनि मलाई सोध्यो कि सोधेन ?

बुढा – (यसो बुढीको खुसी भएको अनुहार तर्फ हेर्दै, सबै पिडा लुकाएर) ए तलाई, किन नसोध्नु नि ! सम्झ्या छ भन्दिनु है भन्थ्यो ! बार्तालापको बिचमा फेरि फोनको घण्टी बज्छ !

छोरा – बा, म हजुरको छोरो क्या ! बा – अँ, चिनेचिने जस्तो लाग्यो !

छोरा – मैले अघि भनेको थिए नि, हजुरको नाम ! के रहेछ, पुरेतलाई सोध्नुभयो !

बा – पुरेतै मरेछन, ख्वै के गर्नु अब । छोरा – लौ, अब के गर्ने होला ?

बा – के गर्नु नि, त्यही कसैको नाम राखिदेन, भैहाल्छ नि !

छोरा – हो, अब त्यसै गर्नुपर्ला । ल अब फोन राखे है !

(कसै संग मेल खान गएमा क्षमाप्रार्थी छु)

 

 

 

 

प्रस्तुति : समिप गौतम
फेसबुक साथीको सहयोगमा