New from Nepal

अव निश्चल‘२ रुपैयाँ’को हिरो

नेपाली चलचित्रका सफल निर्देशक निश्चल बस्नेत एक राम्रो कलाकार पनि हुन् । उनले केहि चलचित्रमा काम गरेका छन्, जसले राम्रो व्यापार र चर्चा पाए ।

उनै निश्चल फेरि अर्को एक चलचित्रको मुख्य भूमिकामा अनुवन्धित भएका छन् ।

फागुण २० गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘२ रुपैयाँ’मा निश्चल अनुवन्धित भएका हुन् । यो चलचित्रलाई असिम शाहले निर्देशन गर्दैछन् । चलचित्रमा निश्चलको साथमा आशिफ शाह, वुद्धि तामाङ, राजन इसान, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । अन्य केहि कलाकार फाइनल गर्ने प्रक्रियामा रहेको कलाकार आशिफ शाहले जानकारी दिए । उनका अनुसार पूर्ण कमेडी कथामा यो चलचित्र बन्नेछ ।

ब्ल्याक हर्स र जी ट्वान्टी वनको संयुक्त प्रोडक्शनमा यो चलचित्र बन्नेछ । चलचित्रमा फाइनल भएका सबै कलाकार मुख्य भूमिकामा रहने आशिफको भनाई छ ।