तीन दलको कोटामा तीन आयुक्त

२०७३ माघ १५ शनिवार
NewsDesk ShikharNews
Spread the love

संवैधानिक परिषद्ले निर्वाचन आयोगमा रिक्त तीन सदस्यमा नियुक्तिका लागि सिफारिस गरेको खबर आजको  पोष्टमा छ ।

संवैधानिक परिषद्को शुक्रबारको बैठकले पूर्वप्रशासकहरू ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधीरकुमार शाहलाई सिफारिस गर्ने निर्णय गरेको हो । पौडेल पूर्वरक्षा सचिव हुन् भने कानुन पृष्टभूमिका दाहाल निर्वाचन आयोगकै पूर्वसचिव हुन् । त्यस्तै शाह भने गृह मन्त्रालयका सहसचिव हुन् ।

निर्वाचन आयोगको सदस्यका लागि सिफारिस भएका पौडेल कांग्रेस कोटामा, दाहाल एमाले र शाह माओवादी कोटाबाट सिफारिस भएका हुन् । परिषद्ले सिफारिस गरेका तीनै सदस्यका छिट्टै संसदीय सुनुवाइ भई अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । तीन सदस्यहरूको नियुक्तिसँगै निर्वाचन आयोगले पूर्णता पाउनेछ । पाँच सदस्यीय आयोगमा यसअघि प्रमुखमा आयोधीप्रसाद यादव र एक सदस्य ईला शर्मामात्रै थिए ।

(https://hoyoskitchen.com/)