सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
२०८१ असोज २० आइतवार
प्रहरी सरुवाको मापदण्डविपरीत गृह मन्त्तालयले केही एसएसपीहरुको इन्चार्जबाट इन्चार्जमै सरुवा गरेको छ । काठमाडौं परिसरमा सरुवा गरिएका छविलाल जोशी द्यौलागिरी अञ्चलको इन्चार्ज थिए । त्यस्तै मेचीमा सरुवा भएका पितँम्बर अधिकारी ललितपुर परिसरको प्रमुख थिए । मध्यक्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा सरुवा गरिएका महेन्द्र पोखरेल गण्डकी अञ्चलको प्रहरीका रुपमा कार्यरत थिए । त्यस्तै सिन्धुली तालिम केन्द्रको इन्चार्जबाट महेशबिक्रम शाहको भेरी अञ्चल इन्चार्जमा सरुवा गरिएको छ । बिष्णुहरी गौतम कर्णाली अञ्चलको इन्चार्जबाट गण्डकीको इन्चार्ज भएका छन् । केही एसएसपीहरुले एकपटक पनि इन्चार्ज नपाएको अवस्थामा केहीले भने लगातार अवसर दिइएको सरुवाप्रति प्रहरीमा असन्तुष्टि देखिएको छ । आईजीपी अर्याल आफैं पनि गृहमन्त्रीले सरुवामा खराब पृष्ठभुमी भएका व्यक्तिहरुलाई छानेको भन्दै असन्तुष्ट बनेको स्रोत बताउछ । मन्त्री र आईजीपीको विवादकै कारण सामान्यतया एक वर्षमा हुने सरुवा डेढ वर्षपछि मात्र भएको हो । गृहमन्त्रीको रोजाईअनुसार गत बुधबार ३९ जना एसएसपीको सरुवा भएको थियो । गृहमन्त्रीस्तरबाट भएको सरुवाअनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी छबिलाल जोशी तथा महानगरीय अपराध महाशाखामा दिनेश अमात्यको सरुवा भएको छ । तुलनात्मक रुपमा कार्यक्षमता कमजोर भएकाले जोशीलाई काठमाडौं परिसरमा ल्याउन नहुने अडान आईजीपीले राख्दै आएका थिए । आईजीपीले सरुवामा सम्झौता गरेपछि गृहमन्त्रीकै निकट व्यक्तिहरुले महत्वपूर्ण कार्यालयको जिम्मेवारी पाएका छन् । सरुवाअनुसार लितपुर परिसरमा ठुले राईको सरुवा भएको छ । अपराध महाशाखाका एसएसपी सर्बेन्द्र खनालको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ । १४ अञ्चल र ५ तालिम केन्द्रका प्रमुख फेरिए सरुवामा १४ वटै अञ्चल प्रहरी कार्यालय र ५ वटा क्षेत्रीय प्रहरी तालिम केन्द्रका प्रमुख पनि फेरिएका छन् । अञ्चल प्रहरी कार्यालय मेचीमा पिताम्बर अधिकारी, कोशीमा उत्तक कार्की, सगरमाथामा बलराज शर्मा पौडल, जनकपुरमा सुभाषचन्द्र चौधरी, नारायणीमा सूर्य उपाध्याय, बाग्मतीमा पुष्प रंजितको सरुवा भएको छ । त्यस्तै लुम्बिनीमा दीपक थापा, गण्डकीमा बिष्णुहरी गौतम, द्यौलागिरीमा बिक्रम गुरुङ, भेरीमा महेशबिक्रमम शाह, राप्तीमा ज्ञान बिक्रम शाह, कर्णालीमा सुरज केसी, सेतीमा दानसिंह बोहोरा तथा महाकालीमा सुशील भण्डारीको सरुवा भएको छ । पुर्व क्षेत्रीय तालिम केन्द्र विराटनगरमा पुष्कलराज रेग्मी, सिन्धुलीमा महेन्द्र पोखरेल बुटवलमा शरद चन्द, नेपालगंजमा ठाकुर प्रसाद ज्ञवाली, दीपालयमा मोहनराज जोशीको समादेशकका रुपमा सरुवा भएको छ ।