दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !
२०८१ असोज २४ बिहीवार
तामाङ समुदायले आज टुँडिखेलमा विशेष कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाएका छन । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुंगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष एवं तामाङ समुदायको चाडपर्वका विषयमा खोज गरिरहनुभएका सम्पूर्ण कुमार लामाले जानकारी दिनुभयो ।
यसवर्ष बौद्ध स्तुपको चार ढोका खुल्ने अवसर परेकाले पनि सोनाम ल्होसार विशेष रुपमा मनाइको छ । स्तुप निर्माणको काम चरा वर्षका दिन सुरु भई १२ वर्षपछि चरा वर्षमै सकिएकाले आज बौद्धका चार ढोका खोलिएको थियो र ती सबै ढोकाबाट दर्शन गर्न दिएको पनि थियो ।
सोनाम ल्होसारका अवसरमा तामाङ समुदायले काठमाडौंको टुडिखेलमा वर्सेनिझैं यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाएक छन । कार्यक्रममा तामाङ खाना, भेषभूषा, कला, संस्कृति लगायतको प्रदर्शन गर्ने गरिन्छ । नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, भोटे, दुरा र लेप्चालगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् । जाति नै पिच्छे फरक–फरक समयमा ल्होसार मनाउने चलन छ । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । सोनाम ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिनुभएको थियो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
समिप गौतम
शिखरन्युज, सम्बादाता