हे मेरो दाजु तिमी सहिद बनेर गयौ॥
देशका लागि ज्यान सलाम छ भनेर गयौ ॥
तिमि जस्तो बहादुरको खाचो छ देशमा,
पौरखको एकथोपा रगत दिई लडेर गयौ॥
हातमा हात साथमा साथ एक मिलाएर,
हावाको बेग सरि खरानी बनी उडेर गयौ॥
जान त गयौ सहिद स्वर्ग कै बाटो गयौ,
यो देशको माटोको लागि बीउ छरेर गयौ॥
देशका लागि ज्यान सलाम छ भनेर गयौ
हे मेरो दाजु तिमी सहिद बनेर गयौ॥
मोहन श्रेस्ठ मयाँखु ३ उदयपुर हाल काठमान्डु