New from Nepal

गजल (देशको लागि, मरेर जाने, शहिदलाई सलाम छ)

देशको लागि, मरेर जाने, शहिदलाई सलाम छ ।।
स्वतन्त्र देशलाई, गरेर जाने, शहिदलाई सलाम छ ।।
..
शान्तिको लागि, आहुति आफ्नै, अर्पेर देशलाई
शान्तिको सन्देश, छरेर जाने, शहिदलाई सलाम छ ।।
..
नेत्रित्व लिई, इनकलापको, बन्दुकको अगाडी
आन्दोलन शिक्षा, भरेर जाने, शहिदलाई सलाम छ ।।
..
झुक्न नजान्ने, दमन बिरुद्ध , शहासी ति शिर
बिजय पथमा, सरेर जाने, शहिदलाई सलाम छ ।।
..
ढालेर गयौ, निरंकुश सक्ता, ईतिहाँस रचेर
शंकट देशको, हरेर जाने, शहिदलाई सलाम छ ।।

                                         राम शरण श्रेष्ठ
                                     चिसापानी ,  रामेछाप