New from Nepal

मोटरसाइकल चोर्ने गिरोह समातियो

मोटरसाइकल चोरी गरेर नक्कली कागजात बनाई बिक्रि गर्ने गिरोहलाई ललितपुर प्रहरीले पक्राउ गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
पक्राउ पर्नेमा भारत मोतीहारी घर भइ हाल बल्खु बस्दै आएका राघवकुमार बैठा र ललितपुरको मानिखेलका राजु स्याङतान रहेका छन् ।

उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोर्ने, त्यसको नम्बरप्लेट फेर्ने र ब्लुबुक पनि अर्कै बनाएर बेच्दै आएका थिए । गिरोहका एक सदस्य अझै फरार छन् ।

अभियुक्तमध्ये राघवले बल्खुमा मोटरसाइकल वर्कसप चलाउँदै आएका छन् । प्रहरीका अनुसार राघवकै वर्कसपमा बसेर चोरी योजना बन्ने गथ्र्यो