श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाउने नेपालगन्ज १२, खटकनपूर्वाका राजेन्द खटिकलाई प्रहरीले पक्राउ गरेको छ ।
यही माघ ६ गते राती करिब ९ बजे सामान्य विवादमा आफ्नै श्रीमती सुनितालाई मट्टीतेल छर्केर आगो लगाइ फरार रहेका खटिकलाई प्रहरीले बुधबार नेपालगन्ज २०, जमुनाहाबाट पक्राउ गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
विशेष सुराकीको आधारमा खटिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजेन्द्रले सुनितालाई टुकीमा रहेको मट्टीतेल खन्याएर मार्ने प्रयास गरेको प्रहरीले आरोप लगाएको छ ।
नेपालगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएकी सुनिताको माघ १८ गते मंगलबार मृत्यु भएको थियो ।