New from Nepal

धुर्मुस सुन्तलीको सिको गर्दै गिरानचौरमै अर्को एकीकृत बस्ती

मेलम्चीको गिरानचौरमा जनस्तरबाटै एकीकृत बस्ती र्निर्माण सुरु भएको छ । र, यो वस्तीमा १५० परिवार बस्नेछन् ।

मेलम्ची नगपालिका ८ गिरानचौरमा स्थानीयबासी आफैंले ७५ रोपनी जमिनमा एकीकृत बस्ती निर्माण थालेका छन् । ‘भूकम्पले अधिकांश घरहरु भत्काएपछि एकीकृत बस्ती बनाउन सोच बनाएका थियौं । जग्गा व्यवस्थापन हुन सकेन’ स्थानीय जर्नादन तिवारीले अनलाइनखबरसँग भने, जब धुर्मुस सुन्तलीले एकीकृत बस्ती बनाए । त्यसपछि जतिको सहमति हुन्छ बनाउने भनेर काम थाल्यो र सबैको सहमति जुटेको छ ।’


सामुदायिक पुनर्निर्माण आयोजनामार्फत एकीकृत बस्ती बनाउनका लागि आवश्यक जग्गा ६१ परिवारबाट लिइएको छ । बढी जग्गा परेकाहरुलाई नजिकै सट्टाभर्ना वा १ रोपनीको ३ लाख मूल्य लिने छनौट गर्न दिइएको छ ।

सरकारले दिएको पहिलो किस्ताको ५० हजार सम्वन्धित घर धनीले नै दिएर जमिन खारोका छन् । यसमा कसैको २० हजार त कसैको ३५ हजारसम्म खर्च भएको छ ।

अब भने घर निर्माणदेखि खर्च व्यवस्थापन समूहिक रुपमा हुने जर्नादन तिवारीले बताए ।

सामुदायिक पुनर्निर्माण आयोजनाका अनुसार एकीकृत बस्तीमा बन्ने बन्ने एउटा घर ७ आना जग्गाभित्र हुनेछ । यसको लागत ११ लाख अनुमान छ ।

तर, रकमको जोहो भइसकेको छैन । सरकारले दिने अनुदानको प्रति परिवार २ लाख ५० हजार आउन बाँकी छ । यो घर निर्माण सुरु भएसँगै आउनेछ ।

बाँकी सहयोगका लागि पहल भइरहेको छ । सामुदायिक पुनर्निर्माण आयोजनाका प्रतिनिधिहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणलाई ३ लाख सहुलियत पूर्ण ऋण मागेका छन् । र, यसप्रति सीईओ गोविन्दराज पोखरेल सकारात्मक छन् ।


एकसाथ ४० घर निर्माण थालिने

एकीकृत बस्तीका १५० घरलाई चार ब्लकमा विभाजन गरिएको छ, जसका ४० घर निर्माण बुधबारबाट सुरु भएको छ । र, पुनर्निर्माण प्राधिकरण्का सीईओ गोविन्दराज पोखरेलले शिल्यान्यास गरे ।

स्थानीय जर्नादन तिवारीका अनुसार प्रत्येक घरबाट एक-एक जना श्रमदान गर्न खटिनेछन् ।