शिवन पोख्रेलले बिहे गर्न नमाने पछी ज्योति मगरले भनिन झुन्डेर मर्छु – (भिडियो सहित)

२०७३ माघ २० बिहीवार
Shikhar News
Spread the love

जीवन टण्डन, काठमाडौं माघ २०
चर्चित गायिका तथा मोडेल ज्योति मगरको प्रेमीले बिहे गर्न नमाने पछी ज्योतिले भनिन झुन्डेर मर्छु भन्दै आएकी छिन् । तर हामी यो कुरा यथार्थमा नभै हालै मात्र बजारमा आएको म्युजिक भिडियो “पैसा खर्च भो” को कुरा गर्दै छौ । तुल्शी दिबस के.सी. र एच.बि. के.सी. “ईतिहासको” लोक दोहोरी एल्बम पैसा खर्च भो लाई हालसालै भेरी गंगा म्युजिकले बजारमा ल्याएको छ ।

बिहे गर्न मान्दैनौ नि भन्दा घरि घरि

तिम्रो मेरो चर्चा भयो चौध अञ्चल भरी
चर्चा भो ……….।
तिम्रो मेरो मायाको दुनियाँमा चर्चा भो
कि त बिहे गरौ सानु कि झुन्डिएर मरौ

तुल्शी दिबस के.सी. र झुमा डागीको स्वर, यच बि के.सी. “ईतिहासको” लय शब्द रहेको सो गीतको म्युजिक भिडियो लाई शहारा फिल्म्सले निर्माण गरेको हो । नायक शिवन पोख्रेल र ज्योति मगरको अभिनय रहेको उक्त भिडियोलाई अहिलेका चर्चित छायाँकार अजय रेग्मीले छायाँकन गरेका छन भने अधिनायकमान शेरचनको सम्पादन रहेको म्युजिक भिडियोलाई शिवन पोख्रेलले निर्देशन गरेका हुन ।

 

 

(https://expo.aspe.org/)