New from Nepal

पत्रकार महासघं प्युठान शाखाको बैठक सम्पन्न,छैठौ अधिबेशन फागुन १२ मा

प्युठान, २० माघ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको वैठक सम्पन्न भएको छ । वैठकले नेपाल पत्रकार महासंघको केन्द्रिय निर्णय अनुसार फागुन १२ गते छैठौ जिल्ला अधिवेसन गर्ने निर्णय गरेको छ । बुधबार जिल्लाको बाग्दुलामा बसेको बिस्तारित बैठकले कालिका बिकास केन्द्र बिजुवारको सभाहलमा अधिबेशन गर्ने निर्णय गरेको हो। अधिबेशन सफल पार्न बैठकले बिभिन्न उपसमिती समेत गठन गरेको छ। जस अनुसार प्रचारप्रसारका लागि नोमराज पौडेल संयोजक रहेको ११ सदसिय प्रचार प्रसार समिती गठन गरिएको छ। जस्मा केशररोका,सुजल श्रेष्ठ,सलिम अन्सारी,सिटि पोख्रेल,लोकेन्द्र सुनार,जुमानसिंं केसी,शसिधर भण्डारी,एलिसा बस्नेत,सृजना सेन र नर्मदा भट्ट सदस्य रहेका छन । अधिवेसनमा निर्वाचनका लागि डा. शिबराम पण्डितको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ जसको सदस्यहरुमा खुम बहादुर थापा र राम प्रसाद पौडेल जल रहनुभएको छ । त्यसैगरि वैठकले नेपाल पत्रकार महासंघले दिदैआएको उत्कृष्ट पत्रकारिता पुरस्कार र महासंघ मार्फत दिईने अन्य पुरस्कारको छनोटकोलागि पनि सम्मान तथा पुरुस्कार छनौट उपसमिति गठन गरेको छ । नेपाल पत्रकार महासंघ प्युठान शाखा अध्यक्ष गिरु प्रसाद भण्डारिको संयोजकत्वमा महासंघका पुर्बअध्यक्ष सुशील पोख्रेल र संजय रिजाल सदस्य रहेको ३ सदस्यीय उक्त समिति गठन गरिएको हो । त्यस्तै महासंघको आगामी नेतृत्व सर्बसहमत बनाउन आवाश्यक छलफल र गृहकार्यका लागि सुशील पोख्रेल संयोजक्तवमा तीन सदस्य कार्यदल पनि गठन गरिएको छ।कार्यदलमा अग्रज पत्रकार इमानसिहँ भारती र गिरुप्रसाद भण्डारी सदस्य रहेको अधिबेशन मुल आयोजक समितिले जनाएको छ। पत्रकार महासंघ प्युठानका अध्यक्ष गिरुप्रसाद भण्डारीको अध्यक्षता रहेको वैठकमा कार्यसमितिका पदाधिकारी, केन्द्रिय पार्सद, सल्लाहकारका साथै जिल्लामा क्रियाशिल पेशागत संघ संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको पनि बिशेष उपस्थीति रहेको थियो ।