New from Nepal

लिम्वुवान सव कमाण्डर मिलन चौसु सहित १५५ जना एमालेमा प्रवेश

नेकपा एमाले संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले अन्तर्राष्ट्रिय विषयमा नेपालको एउटै दृष्टिकोण हुनुपर्ने बताउनुभएको छ ।

वर्तमान सरकारप्रतिको व्यवहारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई कुनै फाइदा नगर्ने तर हानी गर्नेसक्ने तर्फ सचेत गराउँदै पूर्व सभामुख नेम्वाङले अन्तर्राष्ट्रिय फोरममा नेपालको एउटै धारणा हुनुपर्ने बताउनुभयो ।

सोमबार झापाको विर्तामोडमा विजयादशमी तथा तिहार छटको अवसर को गरिएको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै उहाँले अन्तराष्ट्रिय सम्वन्धलाई खेलाचीको रुपमा हेर्न र गर्न नहुने बताउनुभयो ।

१५५ जना एमालेमा प्रवेश

यसैबीच युवा सघ विर्तामोडको सहकार्यमा नेकपा एमाले नगर कमिटी विर्तामोडद्धारा आयोजित शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय ५५ जना युवाहरु एमालेमा प्रवेश गरेका छन् ।

लिम्वुवान नेपालका झापा सव कमाण्डर मिलन चौसुको नेतृत्वमा ३४ जना, राप्रपा नेपालका क्षेत्रीय सदस्य प्रकाश लिम्वुको नेतृत्वमा २७ जना तथा युवा व्यावसायी नगेन्द्र अधिकारीको नेतृत्वमा ४४ जना गरि १ सय ५५ जना एमालेमा प्रवेश गरेका हुन ।

नवप्रवेशीलाई एमाले नेता नेम्वाङ, केन्द्रिय सदस्यहरु हिक्कत कार्की र देवराज घिमिरे, बैकल्पीक केन्द्रिय सदस्य रविन कोइराला, भाष्कर काफ्ले लगायतले अविर टिका र खादा ओढाएर स्वागत गर्नु भएको युवा सघ झापाका प्रचार सहसंयोजक राजकुमार ओलीले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमाले १ नम्वर प्रदेश कमिटी सदस्यहरु, भातृ सघठनका केन्द्रिय सदस्यहरु, झापा जिल्ला कमिटीका अध्यक्ष चिन्तन पाठक, सचिवालय सदस्य एकराज कार्की लगायतले शुभकामना दिनु भएको थियो ।