प्रकाश योगी-मलेसिया
पछिल्लो समयमा अत्यन्त ब्यस्त रहेका गायक हुन प्रकाश। कटुवाल नेपाली लोक दोहरी क्षेत्रमा अग्र स्थान मा छन् भन्दा फरक पर्दैन ।
भर्खरै मात्र गायक कटुवाल को संगित र स्वरमा रहेको लोक दोहरी कमेडी गीत बजारमा सार्बजनिक भए संगै चर्चा बढेको छ ।गीतमा यस समयकि चर्चित लोक प्रीय गायिका भुमिका गिरि र प्रकाश कटुवाल को स्वर रहेको छ ।शब्द सृजना चर्चित रचनाकार बिनोद ढकाल को रहेको छ भने छयाङकन दुर्गा पौडेलको रहेको छ ।
दिपक एम सिङ को निर्देशनमा रहेको गीत मा चर्चित हास्यकलाकार महादेब त्रीपाठि र रेशमा तिमिल्सिना को कमेडि अभिनय हेर्न सकिन्छ ।गीतलाई नवीन घर्ती मगरले सम्पादन गरेकाका हुन भने स्मृति म्युजिक प्रा लि बाट गीत बजारमा सार्बजनिक भएको हो ।