ताप्लेजुङ प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार अपराधी सरोज मादेनलाई पक्राउ गरेको छ । ताप्लेजुङ नगरपालिका ९का मादेनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले पक्राउ गरेका हुन् ।
जिल्ला अदालतले पाँच वर्ष कैद सजायँको फैसला सुनाएपछि उनी फरार थिए ।
त्यस्तै पाँचथरमा आधा किलो लागूऔषध गाँजासहित आङसराङ गाविस ४का जीवन आङदम्बे पक्राउ परेका छन् ।
आङदम्बेलाई विशेष सूचनाका आधारमा प्रहरी चौकी आङसराङको टोलीले पक्राउ गरेको हो । उनलाई थप अनसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको प्रहरीले जनाएको छ|