सलिम अन्सारी, प्युठान
हिन्दुहरुको परम्पराअनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गरेको प्रचलन रहेको पाइन्छ । बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा अझै पनि यो समाजमा रहँदै आएको छ । तर पछिल्लो समयमा छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ ।
त्यस्तै समाजलाई चुनौती दिँदै उदाहरणीय छोरी बनेका छन्, आचार्य र उनका बहिनिहरु । प्युठानकि सामाजिक अगुवा महिला अधिकारकर्मि पार्बता आचार्य सहित उनको १ भाइ र ६ बहिनी आफ्नो दिबंगत बुवाको सामुहिक क्रिया बसेका छन् । हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्विकार गर्दै उनिहरु क्रिया बसेका हुन् ।
आचार्यका ७ भाइबहिनी कोरा भित्र क्रीया बसेका छन् । बाबुलाई दागबत्ती दिने र किरिया बस्ने पार्बता र उनका ५ बहिनी महिला अविवाहित हुन् । आफ्ना आमाबाबुको मृत्यु पश्चात छोराहरु कोरा पसेर क्रिया गर्ने प्रचलन रहेपनि उनि आफ्ना भाइबहिनीसँगै एउटै कोरामा क्रिया गरिरहेकी छिन् । प्युठान नगरपालिका – १९ खैरा निबासी उन्का बृद्ध बुवा चक्रपाणी आचार्य ८४ बर्षको उमेरमा निधन भएपछि भाइसँगै छोरीहरु पनि क्रीया बसेको पण्डित कृष्ण पौडेलले जानकारी दिए ।
उनले महिलाहरु पनि क्रीया बस्न सक्ने बताउदै भने, ‘धर्ममा महिलालाइ क्रीया बस्न हुदैन भनेर रोक लगाइएको छैन ।’ अशुद्ध हुने भन्दै महिलाहरु महिनावारी भएका बेला भने क्रीया बस्न नहुने उनको तर्क छ । समाजमा महिलाहरुले मृत शरीरलाई छुन नहुने, किरिया बस्न नहुने परम्परा कायम रहँदै गर्दा आचार्यका बहिनिहरुले समेत भाइसंगै बुवाको दागबत्ती दिएका छन् ।
महिलाहरूले शवलाई नछुने, मलामी तथा चितासम्म जानु हुन्न भन्ने परम्परा कायम रहँदै आएको भएपनि अब त्यो अन्त्य भएको नागरिक समाजका अगुवाहरु बताउँछन् । आफ्नो बुवाको निधनपछी छोरिहरुले पनि क्रीया गरेको यो खैराको पहिलो घट्ना हो । समुदायमा छोरा नहुने परिवारहरुको हकमा दाइभाइ उनिहरुको छोरा र त्यो पनि नभए छोरीज्वाइंले काजक्रीया गर्ने संस्कारलाइ पार्बताका ६ बहिनिको सहासले चुनौती दिइएको छ ।
लिङ्गको आधारमा छोरा र छोरिहरुले पनि आफुलाइ जन्मदिने बुवाआमाहरुको रेखदेखका साथै मृत्युपछी गरिने संस्कारमा सहभागी हुन सक्छन भने उदाहरणको रुपमा पार्बतालाइ लिन सकिने स्थानिय सामाजिक अगुवाहरुको भनाइ छ । यो कार्यबाट पुरानो रुढीवादी परम्परा हटाउन र समाजमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ ।
छोराछोरी बराबरी भएको भन्दै बुवाआमाको काजक्रीया छोराहरुले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिबर्तन ल्याउनका लागि आफुहरु बुवाको काजमा बसेको सामाजिक अगुवा पार्बताले बताइन् । सुरुमा आफू मात्रै क्रीया गर्छु भन्दा बहिनीहरुले नमानेपछी सबै जना क्रीया बसेको उनले बताइन् । समाजमा हुने विकृति विसंगतिलाई उजागर गर्न र छोरी पनि छोराभन्दा कमी छैनन् भन्ने उद्देश्यले पनि बाबुलाई दागबत्ती दिएर काजकिरिया गरिरहेको सुनाइन् ।
बाबुको काजमा बसिरहेकी ४० बर्षिया पार्बता आचार्य लामो समय देखि गैरसरकारी, महिला, मानवअधिकार र सामाजिक क्षेत्रमा क्रीयाशिल रहदै आएकी छन् । स्थानिय शान्ती समिती प्युठानकी संयोजक रहेकी आचार्य महिला सहयोग मन्च प्युठान कि निबर्तमान अध्यक्ष, एमनेष्टी इन्ट्रनेशनल नेपालकी केन्द्रीय सदस्य र गैरसरकारी संस्था महासंघकी केन्द्रीय उपाअध्यक्ष हुन् । यहि माघ १६ गते निधन भएका आचार्यको २८ गते तेह्र दिनमा सुद्धिकार्य हुने पारिवारिक श्रोतले बताएको छ ।