नेपाली युवाले विकास गरेको समाजिक सञ्जाल एप ‘रेस्पेक्ट’ आउँदै

२०७३ माघ २५ मंगलवार
NewsDesk ShikharNews
Spread the love

नेपाली युवाहरुले विकास गरेको समाजिक सञ्जाल मोबइल एप ‘रेस्पेक्ट’ सार्वजनिक गर्ने को तयारी पूरा भएको छ । अब केही समयपछि नै यो समाजिक सञ्जाल एप्स सार्वजनिक हुनेछ ।

यो एण्ड्रोएड र आएओएस दुबै भर्सनमा आउनेछ । यो एपले विशेष गरी प्रयोगकर्ता र ब्यवसायीलाई जोड्नेछ । यसमा ब्यवसायीले आफ्ना उत्पादनहरुको ब्यवसायिक प्रवर्द्धन गर्नेछन् भने प्रयोगकर्ताले यसबापत प्रवर्द्धन भएका उत्पादनहरुमा विशेष छुट तथा अफरहरु प्राप्त गर्नेछन् ।

यसले ब्यवसायीहरुलाई आफ्नो सेवा तथा उत्पादनको प्रचारमा सघाउन पुर्‍याउने छ भने प्रयोगकर्ताले पनि यसको प्रयोगबाट लाभ उठाउन सक्नेछन् ।

सुरुवातमै यो एप नेपाली, अंग्रेजी र जापानी भाषमा आउनेछ भने विस्तारै अन्य भाषामा पनि यसलाई विस्तार गर्ने योजना छ ।

यसमा गैरनाफामूलक संस्थाले पनि आफ्ना काम र गतिबिधिको सशुल्क र निःशुलक प्रचारको अवसर प्राप्त गर्नेछन् । यसबाट विभिन्न समाजिक सञ्जालसाग पनि सम्बन्ध स्थापित गर्न सकिन्छ ।

यसले अहिले समाजिक सञ्जालमा घण्टौं बिताउँदा पनि प्रयोगकर्ताले केही नपाउने वातावरणको अन्त्य गर्दै उनीहरुलाई समेत केही लाभ दिने जनाएको छ ।