New from Nepal

बिग्रिएको फोनबाट ओलम्पिक पदक

सन् २०२० मा टोकियोमा आयोजना हुने ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको विजेता खेलाडीलाई दिइने पदक बिग्रिएका मोबाइल फोनलाई प्रशोधन गरी बनाइने भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

खेलकुदलाई वातारण मैत्री बनाउन ओलम्पिक आयोजकले पुराना मोबाइल फोन प्रशोधन गरी स्वर्ण, रजत र कास्यपदक बनाउन लागेका हुन् ।

ओलम्पिक आयोजकहरुले अनावश्यक इलेक्ट्रिक डिभाइसबाट पदकका लागि धातु निकाल्ने तयारी थालेका छन् । यसका लागि ओलम्पिक आयोजकले जापानी नागरिकलाई पुराना मोवाइल फोनलगायत अनावश्यक इलेक्ट्रिक डिभाइस उपलब्ध गराउन आग्रह गरेका छन् ।