कट्टर धार्मिक अतिवादि समुह इस्लामिक स्टेट आईएस ले अफगानिस्तानको जौजाङ प्रान्तमा बुधबार अन्तराष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको हत्या गरेको खबर आजकोअन्नपूर्ण पोष्टमा छ ।
आईएस लडाकूले स्थानिय समयअनुसार बिहान १० बजेतिर कर्मचारीमाथि आक्रमण गरेको अन्तराष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अहमदले जानकारी दिए ।
६जनाको शव भेटिएको छ भने दुईको अवस्था अज्ञात रहेको बताइएको छ ।
आक्रमणमा मारिएका सबै अफगानिस्तानका नागरिक हुन् । घटनास्थल राजधानी काबुलदेखि ३ सय ९० किलोमिटर उत्तरमा पर्दछ ।