काठमाडौं माघ २७ । मोहन श्रेस्ठ
उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्कीलाई नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुर गाईघाटकाे पिपल चाेकमा एक बिह्त कार्यक्रममा सम्मान गरिएको छ ।
नेपाली काग्रेसका महामन्त्री डा। शसाक काेईरालाको हातबाट उनले सम्मान पाएका छन् । कार्किले यो भन्दा केहि समय अगाडि काठमाडौंमा राष्ट्रिय सहासी युवा प्रतिभा पुरुस्कार साथै करिब २५० हाराहारी विभिन्न कार्यक्रममा सम्मानित समेत भइसकेका छन् ।
कार्यक्रममा उदयपुर नेपाली काग्रेसका सभापति विदुर बस्नेत , क्षेत्रिय सभापति बसन्त बस्नेत र नेपाली काग्रेसका एक दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरुकाे उपस्थित तथा हजारौं नेपाली काग्रेस स्थानीय तथा विभिन्न जिल्लाहरु बाट नेता कार्यकर्ताहरुले उपस्थिति जनाएका थिए ।
सन् २०११ मा उल्टो मोटरसाइकल चलाई नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र भारत यात्रासमेत सम्पन्न गरेर उदयपुर र नेपालकै नाम उच्च राखेको भन्दै सम्मान गरिएको हो । उनले नेपाली काग्रेस महामन्त्री डा ।शसाक कोइराल र नेपाली काग्रेस क्षेत्रिय समितिले बिश्व उल्टो मोटरसाइकल यात्राको लागि पनि शुभकामना दिएका थिए ।
अब छिटै नै अरु दुई विश्व कीर्तिमान रेकर्ड राख्ने तयारी गरिसकेको कार्किले बताएका छन । उनले उल्टो मोटरसाइकल यात्रा गरेर विश्व कीर्तिमानसमेत राखिसक्नु भएको छ ।