New from Nepal

ट्वाक्क टुक्क संगै भुनियाको कम्ब्याक

दुई दशक पहिले, अहिलेका चर्चित कलाकार निर्माण गरेको ट्वाक्क टुक्कले फेरी नयाँ कलाकार निर्माण गर्न थालेको छ । कमेडी सिरियल धमाधम बन्द भइरहेको यो अवस्थामा ट्वाक्क टुक्क रिटर्न्स राष्ट्रिय ख्याति प्राप्त हाँस्य कलाकारहरुको घर बनेको छ ।

ट्वाक्क टुक्कले जसरी लोकप्रियता पाएको थियो  त्यसैगरी ट्वाक्क टुक्क रिटर्न्सले आफ्नो लोकप्रियता बढाउँदै गर्दा कलाकारहरू पनि थपिदै छन् । यसैक्रममा यो साताबाट चर्चित हाँस्य टेलिश्रृंखला मेरी बास्सैकी भुनियाँ अर्थात हरिशा बानियाँ पनि ट्वाक्क टुक्कको अर्की पात्र बनेकी छन् ।

आवाजको दुनियाँको साथी भनेर चिनिने सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीको निर्देशनमा सञ्चालित ट्वाक्क टुक्क रिटर्न्समा भुनियाँका साथै सुरेन्द्र केसी, शिवशंकर रिजाल, महादेव त्रिपाठी, गोपाल ढकाल, शुशिला निरौला, अञ्जु थापा, गिरी राज, जुंगे भट्टराई, माधव पण्डित, शंकर पाण्डे, सुरेश असिम आदि कलाकारको अभिनय देख्न पाइन्छ । यसैसाताबाट थपिन लागेकी हरिशा पनि यसमा कथाको माग अनुसार विभिन्न भूमिकामा देखिने भएकी हुन् । कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार राती ७ः३० बजे प्रशारण हुने यस कार्यक्रमलाई एड रिलिजले निर्माण गरेको हो भने दिनेश डिसी प्रोडक्सनको ऊपहार भनिएको छ ।

कार्यक्रमको बारे बोल्दै सञ्चालक तथा निर्देशक डिसी भन्छन्, “बिस वर्ष पहिले पनि नेपाली टेलिभिजनबाट दर्शकको चाहना र रोजाइमा परेको ट्वाक्क टुक्कले अहिलेका कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, गोपाल नेपाल फिस्टे, नारद खतिवडा, नारायण त्रिपाठी, रबी लामीछाने, महादेब त्रिपाठी, राजन घिमीरे लगायतको ऊत्पादन गरेको थि़यो, दर्शकको चाहनाअनुसार अपडेट गर्ने क्रममा अब नयाँ स्वरुपबाट निर्माण गरिने छ ्र पहिले जस्तै दर्शकमाझ लोकप्रिय बनेको यस कार्यक्रममा फेरी नयॉ कलाकारको खोजी समेत भैरहेको छ ।”