जिल्ला अस्पतालमा खानेपानीको अभाव भएको छ ।
चौबिसै घन्टा पानीको आवश्यक हुने अस्पतालमा पानीको अभाव भएपछि सरसफाइमा समेत समस्या देखिएको छ । दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको अस्पतालले जनाएको छ । हप्तामा एक दुई २ पटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न सकेको छैन ।
अस्पताल जस्तो अति संवेदनशिल संस्थामा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको छ । “अस्पतालमा अहिले दैनिकजसो शल्यक्रिया हुन्छ । शल्यक्रियापछि सरसफाइका लागि पनि धेरै पानी चाहिन्छ, अरु त के अहिले सबैलाई पिउने पानी समेत पुग्दैन ।
शौचालय अति फोहोर हुनामा आफूले मात्र चासो नदिएर नभएको डा रावलले जिकिर गर्नुभयो । “अस्पतालमा बिरामीले प्रयोग गर्ने शौचालय हामीले चासो नदिएर मात्र फोहोर हुँदैन, बिरामीको लापर्बाहीले पनि भएको छ । अस्पतालको शौचालयले दुर्गन्ध भैरहेको छ ।
जिल्ला अस्पतालमा खानेपानीको अभाव
