New from Nepal

प्रचण्ड सरकारको औचित्य सकियो :एमाले उपाध्यक्ष रावल

२९ माघ ,हेटौडा,

यो सरकारको तीन कार्यभार थियो पहिलो संबिधान कार्यानबयन, दोश्रो माघ ७ गते भित्र तीनै तहको निर्वाचन गर्ने र तेस्रो जनताको शान्ति र अमयनचयन यो तीनै कुरामा असफल भएकोले अब नैतिक हिसाबले प्रधानमन्त्री पुष्पकमल दहालले सत्ता छोडनु पर्नेछ। युबा संघले हेटौडामा आयोजना गरेको बृहत भेलामा प्रमुख अतिथिका रुपमा आएका पुर्ब रक्षा,गृह र उप प्रधानमन्त्री भिम रावलले उक्त कुरा बताएका हुन। अहिले प्रचण्ड जी संबिधान संसोधन मार्फत सर्बस्विकार्य बनाउने बहाना बनाएर सत्ता लम्बाउन चाहेका छन।

मित्र राष्ट्र भारतले आफ्नो संविधान ६५ प्रतिशत सभासदबाट अनुमोदन गराउंँछ अनि ९० प्रतिशत सभासदले अनुमोदन गरेको संबिधानमाथी प्रश्न उठाउछ। दुई चार जना मधेसी कार्यकर्ता मैत्री पुलमा भेला गराएर नेपालमा नाकाबन्दी गर्ने भारत नेपालको मित्र हो कि,के हो? भारतको नागरिकता लिएका केही नेताले मदेशलाई पहाडबाट छुट्टाएर राज गर्ने सपना नदेखे हुन्छ रावलले चुनौती दिए। नेपाली कांग्रेसले पटक पटक सत्ता प्राप्त गरेपनी जनतामा आशा जगाउन नसकेको बताए। कांग्रेसको पछिल्लो गतिबिधी राष्ट्रियहित बिरोधि र भारत पक्षधर रहेको र दिशाहिन र गतिहिन रहेको बताए। पार्टीमा लाइन परिबर्तन गर्ने संकेत एमाले उपाध्यक्ष समेत रहेका रावलले आगामी दशौ महाधिवेशनमा केपी ओली लाईनमा लाग्ने संकेत गरेका छन।

तपाईंहरु कुनै नेताको पछिलागेर गुटबन्दी नगर्नुस।के बिश्वास तपाईंले समातेको नेता अर्को महाधिवेशनमा लाईन परिबर्तन गरेर अन्त नलाग्ला। कम्युनिष्ट पार्टी भित्र महाधिवेशनको नीति र नेतृत्व स्विकार्दै पार्टीका आधिकारिक निर्णय बोकेर हिड्नुस तेस्ले नै पार्टी एकताबद्ध र बलियो बनाउछ। पार्टीको १० बुँदे नियमावलीको मर्म यही नै हो। यो भन्दा फरक कसैले गुटको भेला बैठक गर्छ भने बहिष्कार गर्नुस। रावलले बताए ९ औ महाधिवेशनमा माधब नेपालको खास भनेर चिनिएका भिम रावल पछिल्लो समय केपी ओली संग निकट देखिएका छन। ४३५ ले गरे एमाले प्रबेश कार्यक्रममा नायक बिरेन डिसी,शुभराज बमजन,अनिल काफ्ले, शान्त लामा, संजय महर्जन लगाएन ४३५ जना ब्यक्तिहरु कांग्रेस, राप्रपा,माओबादी र संघिय समाजबादी छाडेर एमाले प्रबेश गरेका थिए।