नेकपा एमालेको मेची माहाकाली अभियान सफल बनाउन मधेसको गाउँ गाउँ मा कार्यक्रमहरु सुरु भएको छ । सोहि क्रममा धनुषा जिल्ला कमिटीको पुर्ण बैठक माघ २८ गत्ते पुर्ण बैठक बसि विभिन्न उपसमिति हरु बनाएका छ्न ।
त्यसै गरि धनुषा क्षेत्र न. १ मा मेचीमहाकाली अभियान सफल बनाउनका लागि निर्वाचन क्षेत्र अगुवा कार्यकर्ता भेला माघ २९ गत्ते सम्पन्न गरेको छ । पार्टि केन्द्रिय सदस्य श्रीप्रसाद साह को प्रमुख अतित्थमा सम्पन्न कार्यक्रममा केन्द्रिय सल्लाहकार परिषदका सदस्य एवम संविधान सभाका क्षेत्र नम्बर १ पुर्व प्रत्यासी रत्नेश्वरलाल गोईत लगायतका जिल्लाका नेताहरुले प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा एमाले क्षेत्र नम्बर १ का २५० जना अगुवा कार्यकर्ताका सहभागी थिए । मेची माहाकाली अभियान मा फाल्गुन २५ गत्ते जनकपुरमा अध्यक्ष के.पि ओलि लगायत सबै शिर्ष नेता सहित आमसभा कार्यक्रम रहेको छ ।