पहिलो वरियताका रहेर पनि शक्ति केन्द्रका कारण आइजी हुनबाट बन्चित भएका नेपाली जनताका लोकप्रिय एसएसपी नवराज सिलवाल फेरि आइजी हुने पक्का भएको छन तर यो आइजी पद कार्यबाहक मात्र रहने बताइको छ !!!
उपेन्द्रकान्त अर्यालले आज अवकाश पाएसँगै डिआइजी नवराज सिलवालले कार्यवाहक आइजीको जिम्मेवारी पाउने भएका छन् ।
आज अपराह्न प्रहरी प्रधान कार्यालयमा आइजी अर्यालले सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी सुम्पिने गृह बताएको छ ।
सिलवाललाई कार्यवाहक जिम्मेवारी दिएपछि आइजी अर्याल र बहाल भएका सबै एआईजीहरुले प्रहरी सेवाबाट आजैदेखि अनिवार्य अवकाश पाउँदै छन् । सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी दिने कार्यक्रममा प्रहरीका सबै वरिष्ठ अधिकृतहरु उपस्थित हुने भएका छन् ।
यसअघि आइतबारको मन्त्रिपरिषद्ले तेस्रो वरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीमा नियुक्ति गर्ने निर्णय गरेपनि त्यसको केही घण्टामै सर्वोच्च अदालतले चन्दलाई आइजी नबनाउन सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
यसै बिषयमा लिएर सामाजिक संजालकर्ताहरुले रुष्ट हुँदै विभिन्न थरिका नकारात्मक प्रतिक्रिया पनि राखेका थिए !
प्रस्तुति : समीप गौतम