New from Nepal

राष्ट्रपतिले बोलाईन् नेतालाई शितल निवास

यहि साताभित्र स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सरकारले बताइरहेपनि दलहरु बीचमा हुनुपर्ने न्युनतम सहमति भएको छैन । जसका कारण निर्वाचनको मिति घोषणा हुने हो वा होइन ? मिति घोषणा भएपनि चुनाव हुने वा नहुने भन्ने विषयमा आम सर्वसाधारणमा चासो बढको छ । फागुनको पहिलो साता मिति घोषणा गरेर जेठको पहिलो साता स्थानीय चुनाव गराउने सरकारका प्रधानमन्त्रीदेखि मन्त्री समेतले दिनहुँजसो बताउने गरेपनि प्रमुख विपक्षी दल र सत्ता साझेदार दलहरुवीचमै कुरा नमिल्दा सरकारले चुनावको मिति घोषणा गर्न सकिरहेको छैन ।

जसका कारण राजनीतिक अन्यौलता बढ्दै गएको छ । संविधान संशोधन लगायतका महत्वपुर्ण बिषयमा दलहरुवीच सहमति हुन नसक्दा राजनीतिक अन्योलता बढेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चासो देखाउन थालेकी छन् । उनले सोमबार प्रमुख दलहरुलाई सहमतिको प्रयास के भइरहेको छ भनेर बुझ्न र छलफल गर्नका लागि राष्ट्रपति निवासमा बोलाएकी छन् ।

शितलनिवासमा अपरान्ह चार बजेपछि हुने छलफलमा भण्डारीले प्रमुख दलहरु कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र साना केही दलका शीर्ष नेतालाई बोलाएकी हुन् । यसअघि बिभिन्न दलका शीर्ष नेतालाई छुट्टाछुट्टै छलफल गरेकी राष्ट्रपति भण्डारीले सोमबार भने सामुहिक छलफल गर्न लागेकी हुन् ।

दलीय सहमति गरि निर्वाचन घोषणामा ढिलाईभएको प्रति चासो व्यक्त गर्दै आएकी राष्ट्रपति यादवले यसअघि दलहरुसंग छुट्टाछुट्टै छलफल गरेपनि दलहरुले सहमति जुटाएरै चुनावको मिति घोषणा गर्ने बताउदै आएका थिए ।

सरकारले जेठभित्र स्थानीय निर्वाचन गर्नेगरी मिति घोषणा गर्ने भनेपनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी एमालेसँग सहमति जुटाउन सकेको छैन ।

(https://teledentistry.com)