New from Nepal

मेट्रो रेल चलाउन पुग्ने विद्युत जोहो गर्छौं: कुलमान

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्धकार भित्र हुने डरलाग्दा खेलहरु समाप्त भएको दाबी गरेका छन् । साथै अब नेपाली जनताले लोडसेडिङको मार खेप्नु नपर्ने पनि बताए छन्  ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राधिकरण प्रमुख घिसिङले केही समय भित्रै लोडसेडिङ अन्त्यको घोषणा गर्ने पनि बताए ।


साथै काठमाडौंमा मेट्रो रेल चलाउन पुग्ने गरी विद्युतको जोहो गर्न आफूहरु लागि परेको जानकारी पनि दिए ।

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले अव लोडसेडिङ हुन्छ कि भनेर निराश हुने अवस्था नरहेको पनि स्पष्ट पारेका छन् ।