केन्द्रीय क्याम्पस कीर्तिपुरका विद्यार्थी संगठनका नेताहरूले तोकिएको समयमा स्ववियू निर्वाचन नभए उप–कुलपतिको गाडी जलाउने चेतावनी दिएका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विभिन्न विद्यार्थी संगठनका नेताहरूले यस्तो चेतावनी दिएका हुन । नेपाल विद्यार्थी संघ कीर्तिपुरका नेता योगेन्द्र रावÞलले त्रिभूवन विश्वविद्यालयले विद्यार्थीको हित विपरित काम गरिरहेको आरोप लगाए।
उनले भने,‘त्रिभूवन विश्वविद्यालय गौचरनमा परिणत हुँदैछ, विधार्थीहरूको हितको लागि त्रिवि संंवेदनशील छैन्, चुनावलाई भाँड्नको लागि केही विद्यार्थी संगठनका साथीहरूले काम गरिरहनु भएको छ, यस कार्यको नेविसंघ भत्र्सना गर्दछ।’
अनेरास्ववियूका नेता मंगल थापाले विगत आठ वर्षदेखि अवरुद्ध स्ववियू निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
उनले भने,‘तोकिएको समयमै निर्वाचन हुन्छ, हाम्रो केन्द्रिय संगठनले सबै क्यापसमा आफ्नो घोषणा पत्र सार्वजनिक गरिसकेको छ, हामी निर्वाचनमा भाग लिन तयार छौँ, यदि १४ गते निर्वाचन गरिएन भने हामी भिसीको गाडी जलउने छौँ।’