New from Nepal

म अंग प्रर्दशन गरेर नाम र दाम कमाउदिन: अमृता

प्रकाश योगि

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयमा नया अनुहारहरु थुप्रै देख्न सकिन्छ । कोहि सोखका लागि यो क्षेत्रमा प्रबेश गरेर केही समयमा हराउदछ्न भने कोहि निकै संघर्ष गरेर यसै क्षेत्रबाट नाम र दाम कमाउने योजनामा हुन्छ्न | यस  क्षेत्रमा निरन्तर ५ बर्ष देखि संघर्ष गरिरहेकी एउटा प्रतिभावान लोक दोहरी गायिका हुन अमृता लामिछाने । २०४९ साल सुर्खेतमा जन्मिएकी गायिका ले २०६९ साल बाट आफ्नो सांगितिक यात्रा लाई औपचारिक रुपमा अगाडि बढाएकी थिइन् ।

पहिलो लोक दोहरी एल्बम बैँस ले च्याप्यो रे गीत बाट निकै चर्चा कमाएकी गायिकाले झण्डै दर्जन गीतमा आवाज दिई सकेकी छिन । पछिल्लो समयको तिज गीत पुलती भाग २ ले पनि उनलाई निकै चर्चा ल्यायो। नेपाली सस्कृति जोगाउने लोक दोहरी नै धराप मा छ । पछिल्लो समयमा गुन्यो चोली हराएको छ । छोटो पहिरन लगाएर नाच्दाका लोक गीतका भिडियोहरु परिवार संग बसेर हेर्न नमिल्ने खालका छ्न् । यस्ता बिकृतीका गीतलाई कार्बाही हुनै पर्छ । लोक दोहरी क्षेत्रको बिकृतीका बिषयमा लामिछानेले यसरी बोलिन । उनी यति बेला नेपालमा आयोजना हुने सास्कृतिक कार्यक्रम मेला महोत्सव हरुका स्टेजमा ब्यस्त छिन। प्राय सारीमा स्टेज चड्ने गरेकी लामिछाने ले आफू सधैव छोटो लुगा अंग प्रर्दशन गरेर नाम कमाउन नचाहेको र सधै आफू अंग प्रर्दशनको बिरोधी रहेको बताइन ।