New from Nepal

स्वास्थ्य मन्त्रालयद्वारा ११७ जना चिकित्सकको माग

स्वास्थ्य मन्त्रालयले विभिन्न तहका कर्मचारी माग गरेको छ । मन्त्रालयले शुक्रबार पदपूर्ति सम्वन्धी सूचना प्रकाशित गर्दै दरखास्तका लागि आवहान गरेको छ ।

नवौँ तहमा ११७ जना चिकित्सकलाई करार सेवामा नियुक्ति गर्ने भएको छ । विभिन्न १० वटा समूह उपसमूहमा मागिएका ती पदमा स्थायी नियुक्ति भएर आएको खण्डमा स्वतह छोडनुपर्ने उल्लेख छ ।

अन्तबार्ताबाट छनौट गरिने यो परीक्षामा दरखास्तका लागि १५ दिनको समय दिइएको छ ।