मुटु चलेन भने के होला ? मुटु चलेन भने को रहन सक्ला र यो संसारमा ? गायक पुरुषोत्तम सुवेदी यस्तै कुरा गर्दै छन् आफ्नो पहिलो गीत मार्फत । “चल्दै चल्दैन मुटु मेरो, तिमी बिना”बोलको गीत सुवेदीको पहिलो गीत हो । पहिलो गीतको म्युजिक भिडियो भर्खरै सर्बजनिक गरियको छ युटुब मार्फत ।
माया गर्नेहरु तिमी बिना मेरो मुटु चल्दैन भन्न पछि पर्दैनन् । तिमी बिना बाच्न सक्दिन, तिमी मेरो मुटु हौ, तिमी मेरो धड्कन नै हौ भन्छन् । गीतमा यस्तै कुरालाई समाबेश गरियको छ । लेखु सहयात्री को शब्दलाई बिक्रम राईले सङ्गीत भरेका हुन् । लाहाङ्ग सुब्बाको सङ्गीत संयोजन रहेको यो गीतमा पुरुषोत्तम सुवेदीको कर्णप्रीय आवाज सुन्न सकिन्छ । सुवेदीको यो पहिलो आवाज भए पनि बजारमा चलिसकेका गायक भन्दा फरक पर्दैन । वास्तवमा साधनाले खारियका छन् सुवेदी । पुरुषोत्तमले यो गीतमा निकै मेहनत त गरेका छन् अनि दर्शक श्रोताको माया पाउने उत्तिकै आस गरेका छन् ।
गीत त राम्रो छदैछ यसको म्युजिक भिडियो पनि उत्तिकै राम्रो छ । जयराम थापाले छायांकन गेरेको यो गीतको म्युजिक भिडियोमा जीवन जङ्ग थापा र अनिता चन्दको उत्कृष्ट अभिनय हेर्न सकिन्छ । भिम थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियो सङ्गस नेपालबाट युटुबमा राखिएको छ ।