New from Nepal

सवारी दुर्घटनाबाट मृत्यु

काठमाडौं, ८ फागुन
सिन्धुली ः सितलपाटी–४ खहरे खोलास्थित बिपि राजमार्गमा ज.९ प ५३२८ नम्बरको मोटरसाइकल शनिबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार धनुषा, बरमजिया–६ बस्ने १८ वर्षीय नितेष साहको भिमेश्वर अस्पताल खुर्कोट हुँदै थप उपचारको लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धनुषा, जनकपुर उपमहानगरपालिका–२१ बस्ने १८ वर्षीय रन्जित पन्जिकारको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ ।
कैलाली ः कोटा तुल्सीपुर–२ निम्बोजी जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा हाल नम्बर नखुलेको सवारी साधनले शनिबार ठक्कर दिंदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ५० वर्षीय अम्मर साउदको प्राथमिक स्वास्थ्य केन्द्र टिकापुरमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिई फरार सवारी साधनको खोजी कार्य भइरहेको छ ।