काठमाडौंः राजधानीमा केही दिन यता फेरि इन्धन हाहाकार सुरु भयेको छ। शनिबार यता उपभोक्ताहरु फेरि पेट्रोल पम्पको लाइनमा बस्न बाध्य भयेका छ्न । नेपाल आयल निगमले हालै कार्यान्वयनमा ल्याएको ढुवानी विनियमावली २०७३ आफूहरूको हितमा नभएको भन्दै ट्यांकर व्यवसायीले अनिश्चितकालीन आन्दोलनको चेतावनी दिएका छ्न। ट्यांकर क्षेत्र केन्द्रीय समन्वय समितिको अनुवाइमा व्यवसायी आन्दोलित भएका छन्।
समितिले वार्ता र सम्वादको माध्यमबाट निगमले फागुन १४ गतेभित्रमा मजदुरको रोजगारीसम्बन्धी व्यवस्था नहटाए यही फागुन १५ गतेदेखि भारत र नेपालका डिपोमा हुने इन्धनको सम्पूर्ण लोड र अनलोड प्रक्रिया अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनी समेत दिएको छ ।
समितिले गत शुक्रबार नै नेपालका सम्पूर्ण डिपोमा लोड र अनलोडसम्बन्धी काम ठप्प गरी सांकेतिक आन्दोलन गरिसकेका छन् ।आन्दोलनका कारण निगमले गत बिहीबार र शुक्रबार भारतबाट भित्र्याएको इन्धन शुक्रबार कुनै पनि पेट्रोल पम्पमा पुग्न सकेन । यसका कारण उपत्यकासहित देशभरका पेट्रोल पम्पमा आइतबार साँझसम्म इन्धनको हाहाकार भएको थियो।
निगमले आइतबार उपत्यका भरका पम्पमा आठ सय केएल पेट्रोल उपलब्ध गराएको छ । सामान्य दिनमा चार सय केएल मात्रै वितरण हुन्थ्यो ।
कम्लेश निरौला
शिखर सम्बादाता
फेरि इन्धन हाहाकार
