New from Nepal

हुण्डीको कारोबार गर्नेहरु रकमसहित पक्राउ

काठमाडौं, ९ फागुन
अवैधरुपमा हुण्डीको कारोबार गरेको अभियोगमा स्याङजा भिङग्री–८ का २१ बर्षीय राजेन्द्र भट्टराई र भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ का २६ बर्षीय विकाश कार्कीलाई हुण्डी कारोबार गर्ने रकमसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२२ खिचापोखरीमा हुण्डीको कारोवार हुने गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले उक्त स्थानमा हिंडिरहेको अवस्थामा भट्टराईको साथबाट ५ लाख ४३ हजार र कार्कीको साथबाट ४ लाख ६५ हजार हुण्डीको कारोबार गर्ने नगदसहित दुवैजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्ज्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।