New from Nepal

चितुवाको छाला सहित पक्राउ

दाङ , १० फागुन

लालमटिया–३ दिदी÷भाउजु होटलबाट प्युठान स्याउलीबाङ –३ बस्ने ३९बर्षीया सेतु नेपाली र सोही स्थान बस्ने रजवारा–२ बस्ने ३८ बर्षीय भिम परियारलाई चितुवाको छाला १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले बोकेको झोलामा प्रहरीले शंका लागी चेक गर्दा चितुवाको छाला फेला पारी दुबै जनालाई  पक्राउ गरेको हो ।

यस सम्वन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेकोबताएको छ ।