कतारमा छायांकन गरिएको तेन्जीङको “कसरी देखाउँ” बोलको गीत सार्वजनिक (भिडियो)

२०७३ फागुन १० मंगलवार
Shikhar News
Spread the love

आर् के टी समूहका सदस्य तेन्जीङ सिरब लामाको आवाजमा कसरी देखाउँ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोलाई कतारको विभिन्न स्थानमा छायांकन गरिएको छ । सामाजिक सञ्जाल युटुबले विन्दावासिनी म्युजिक च्यानल मार्फत् उक्त गीत सार्वजनिक गरेको हो । गायक लामाको आफ्नै स्वर संगितमा रहेको गीतलाई चिरञ्जीवि मास्केले रचना गरेका छन् । आर् के टी भोल्युम टु मा समावेश गरिएको यो गीतमा राजेन्द्रकुमार थापाको छायांकनलाई अधिनायकमान शेरचनले सम्पादन गरेका हु्न । ईश्वर बल्लभ उप्रेती, राम हमाल, निशा लामा र माया लामाको दमदार अभिनय रहेको भिडियोलाई निर्देशक बी एच् राणाले मूर्त रुप दिएका हुन् ।