दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !
२०८१ असोज २४ बिहीवार
विश्व क्रिकेट लिग च्याम्पियनसीपको तयारीका लागि भारत भ्रमणमा जाने १९ खेलाडी छनौट भएका छन् भने ५ क्रिकेटर भने बाहिरिएका छन् ।
बाहिरिनेमा अमित श्रेष्ठ, सुसन भारी, कुसल भुर्तेल विक्रम सोव र दिपेश श्रेष्ठ छन् ।
१९ खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल छन् । यद्यपि पारस भारत जाने छैनन् ।
आरिफ शेख र आसिफ शेख दाजुभाइ पनि टोलीमा परेका छन् । यस्तै दिपेन्द्र सिंह ऐरीसँगै दिलिपनाथ, सुनिल धमला टोलीमा जादै छन् ।
टोलीका अन्य सदस्यहरुमा मेहबबु आलम, करण केसी, सागर पुन, भुवन कार्की, शक्ति गौचन, अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, बसन्त रेग्मी, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दिप लामिछाने रहेका छन् ।
नेपाली टोली शुक्रबार भारत जानेछ र एक सातासम्म नोयडामा अभ्यास गर्नेछ । त्यसक्रममा नेपालले तीन अभ्यास म्याच खेल्नेछ।
दिल्लीबाट फर्किएपछि चार बैकल्पिकसहित १८ सदस्यीय टोली घोषणा हुनेछ, जसले फागुन २८ र ३० मा कीर्तिपुरमा हुने केन्याविरुद्धको खेल खेल्नेछ ।