नेपालीले टेलिफोनमा मासिक न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेका छन्। नेपालका प्रमुुख दुुई दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलका ग्राहकले औसतमा न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक सम्बन्धित कम्पनीले दिएका छन्। यो खबर हामिले आजको अन्नपूर्ण पोष्ट बाट लिएका हौ।
नेपाल टेलिकमका सबैभन्दा बढी सिमकार्ड प्रयोगकर्ता प्रिपेडका छन्। प्रिपेडका उपभोक्ताले न्यूनतम मासिक तीन सय रुपैयाँ खर्च गर्ने गरेको टेलिकम स्रोतले जानकारी दिएको छ। टेलिकमले दिएको जानकारीअनुुसार यस्तो खर्च पोस्डपेडमा सात सय र डाटामा चार सय रुपैयाँ हुुने गरको छ। टेलिकम स्रोतले दिएको जानकारीअनुुसार यसका उपभोक्ताले गर्ने खर्चलाई क्षेत्रगत रूपमा यति नै हो भनेर यकिन नभए पनि औसत यस्तो खर्च हुुने गरेको उल्लेख छ।
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको उपभोक्ताले भने तीन सय ४५ रुपैयाँ खर्च गर्ने गरेका छन्। एनसेल एक्जियटाको सन् २०१६ को सेप्टेम्बरसम्मको एक करोड ४३ लाख प्रयोगकर्ताले गरेको यस्तो खर्च औसतमा न्युुनतम तीन सय ४५ रुपैयाँ रहेको उल्लेख छ। एनसेलका कुुल प्रयोगकर्तामध्ये ४१.९ प्रतिशतले मोबाइल डाटा प्रयोग गर्ने गरेका छन्। एनसेलको कुुल आम्दानीमा डाटा प्रयोगकर्ताको योगदान १७ प्रतिशत छ। यसमध्ये ३९ प्रतिशतको डाटाको योगदान भने स्मार्ट फोनबाट हुुने गरेको उल्लेख छ।
एनसेलका प्रयोगकर्ताले मासिक न्यूनतम एक सय ९३ एमबी डाटा प्रयोग गर्ने गरेको उल्लेख छ। नेपालको दूरसञ्चार सेवा प्रदायकले दिएको सेवाबाट गत कातिकसम्ममा हालसम्म तीन करोड ३० लाख टेलिफोन वितरण भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुुसार विभिन्न सेवाप्रदायकले तीन करोड १३ लाख मोबाइका सिमकार्ड वितरण गरेको छन्। यी सेवाप्रदायकबाट वार्षिक टेलिकम क्षेत्रको आम्दानी एक अर्ब दुई अर्ब पुुगेको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ। प्राधिरकणका अनुुसार अघिल्लो २०७१/७२ को तुुलनामा आव २०७२/७३ मा टेलिकम क्षेत्रको आम्दानी ६ अर्ब रुपैयाँले बढेको छ। यो अवधिमा सबैभन्दा बढी आम्दानी गर्नेमा एनसेलको छ। एसलेको आम्दानी वार्षिक ५७ अर्ब ७२ करोड पुुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५५ अर्ब ७२ करोड रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। यस्तो तथ्यांकअनुुसार एनसेलपछि आम्दानी धेरै गर्ने कम्पनीमा नेपाल टेलिकम छ। टेलिकमको आम्दानी अघिल्लो आव २०७१/७२ मा ३९ अर्ब २५ करोड रुपैयाँ थियो भने आव २०७२/७३ मा ४० अर्ब ७० करोड रहेको प्राधिकरणमा पेस गरेको प्रतिवेदनमा उल्लेख छ।
टेलिकम क्षेत्रको सबैभन्दा राम्रो आम्दानीको स्रोत भ्वाइस (टेलिफोनमा हुुने कुुराकानी) हो भने त्यपछिको आम्दानीको मुुख्य स्रोत इन्टरनेट प्रयोग हो। उपभोक्ताले मोबाइलमा डाटा प्रयोग गरेर वा इन्टरनेट सेवा प्रदायकको सेवाबाट पनि इन्टरनेटको सेवा लिने गरेको छन्। नेपालीले नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत रिचार्ज कारणमा मात्रै वार्षिक १७ अर्ब ८२ करोड रुपैयाँ खर्च गर्ने गरेका छन्। टेलिकमको आर्थिक वर्ष २०७१/७२ को प्रतिवेदनअनुुसार वार्षिक मोबाइको रिचार्ज कार्डमा मात्रै यो रकम खर्च हुुने गरको छ। अघिल्लो वर्ष यस्तो रकम १६ अर्ब रुपैयाँ छ।