फेरी पनि आए सरापे तरकारीवालीलाई बिहे गर्छु भन्दै

२०७३ फागुन १६ सोमवार
Shikhar News
Spread the love

केही समय पहिले एक नेपाली युवतीको तस्बिर सामाजिक सन्जालमा एकाएक भाइरल हुन पुगेका थिए । एउटा तस्बिर तरकारी बोकेर झोलुङगे पुल पार गर्दै गरेको थियो अर्कोमा भने उनी मोबाइलमा कसैसँग कुरा गर्दै गरेको देखिन्छ ।

उनका ती दुई सुन्दर तस्बिर फोटोग्राफर रुपचन्द्र महर्जनले खिचेका थिए । फोटोग्राफर महर्जनले तस्बिर फेसबुकमा पोस्ट गरेपछि एकाएक भाइरल हुन पुगेका थिए । नेपालमा मात्रै नभएर उनको तस्बिर भारतीय मिडियामा पनि छायो । बीबीसि हिन्दले समेत उनको तस्बिरसहितको समाचार प्रकासित गर्यो । उनको सुन्दर अनुहारका कारण हिन्दूस्तान टाइम्सले उनलाई आर्दश युवतीको उपमा दिएको थियो ।

यता नेपाली संगीत क्षेत्र पनि यो कुरा बाट अछुतो रहन सकेन तरकारीवाली नामबाट धेरै नै गीतहरु बजारमा आए । यसै क्रममा फेरी पनि बिहे गर्छु गर्छु म त त्यही तरकारीवाली भन्ने गीतको भिडियो बजारमा आएको छ। बिष्णु परीयार र सुमित्रा काफ्लेको स्वर रहेको उक्त गीतमा केशर बिवस डाँगीको शब्द रहेको छ भने चर्चित हास्य अभिनेत्री पल्पसा डङ्गोल, हास्य कलाकार यादव देवकोटा सरापे र संगिता खड्काको अभिनय रहेको म्युजिक भिडियोलाई भेरी गंगा म्युजिक प्रालि ले बजारमा ल्याएको हो । उक्त भिडियोमा अजय रेग्मीको छायाँकन, अधिनायकमान शेरचनको सम्पादन र शिवन पोखरेलको निर्देशन रहेको छ