उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ विरामी भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री कृष्णबहादुर महराले पुनको स्वास्थ्य अवस्थाबारे सोमबार जानकारीसमेत लिएका छन् ।
चार दिन पहिलेदेखि रिंगाटा लाग्ने, बान्ता आउने, ज्वरो आउने समस्या उनलाई देखिएको थियो । निवासमै उपचार गर्दा समस्या कम नभएपछि आइतबार राति साढे नौ बजे थप उपचारको लागि नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
डाक्टरहरुले पुनको शरिरमा सोडियम र पानीको मात्रासमेत कम देखिएको बताएका छन् । यद्यपी उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।
केही वर्षअघि पुनको मिर्गौलामा समस्या देखिएको थियो । त्यसको उपचारका लागि विदेश लैजान खोज्दा पुन आफैले विदेश नजाने बरु स्वदेशमै उपचार गर्ने अडान लिएका थिए ।