फरार अभियुक्त पक्राउ

Vianet

सुनसरी, १७ फागुन
ईटहरी उपमहानगरपालीका–१ बि.पी चोक स्थित महेन्द्र राजमार्गमा बिभिन्न मितिमा लुटपाट गरी फरार रहेका ईटहरी उपमहानगरपालीका–५ पचरुखी बस्ने ३८ बर्षीय राजन लिम्वु र निजकै भाई ३५ बर्षीय हरि लिम्वुलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
अभियुक्त राजन लिम्वुले २०७३ साल माघ १२ गते ईटहरी उपमहानगरपालीका –१ मा रहेको मिङमिङ ज्वेलर्सबाट ३ लाख रुपैयाँ, पचरुखीमा रहेको पखरुखी मनि ट्रान्सफरबाट ३ लाख रुपैयाँ र २०७३ फागुन २ गते धरान उपमहानगरपालीका–१५ बुढासुव्वा चोकमा रहेको सेवा मनि ट्रान्सफरबाट ४ लाख ५० हजार रुपैयाँ हतियार देखाई लुटपाट गरेको साथै दुवै जनाले २०७३ फागुन १२ गते झापा बाहुनडाँगी –४ मा रहेको जावन विकास संस्थाबाट १ लाख रुपैयाँ लुटपाट गरेका थिए ।
यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Vianet
taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री