मेरो एफ.एम. प्रतिष्ठान शाखाको छैठौ साधारणसभा समापन : अध्यक्षमा बिन्दु

२०७३ चैत १ मंगलवार
NewsDesk ShikharNews

नेपाल पत्रकार महासंघ मेरो एफ.एम. प्रतिष्ठान शाखाको हिजो बसेको छैठौ साधारणसभाले  अध्यक्षमा बिन्दु त्रिपाठी सर्वसम्मत निर्वा्चित हुनुभएको छ । उक्त शाखाको साधारणसभाले उपाध्यक्षमा मधुसुधन पाठक, महिला उपाध्यक्षमा सर्मिला परियार, सचिवमा मोहन श्रेष्ठ, सहसचिवमा केशव भट्ट र कोषाध्यक्षमा सृजना श्रेष्ठ तथा सदस्यमा अनिता घिमिरे छिन् भने बाँकी सदस्य नव कार्यसमितिलाई थप गर्ने गरि जिम्मेवारी दिएको छ ।

यस्तै केन्द्रीय पार्षदमा हरिवल्लव नेपाल, बलराम श्रेष्ठ, जयराम सिग्देल, सिमा शर्मा र कालिका शिवाकोटी तथा प्रदेश पार्षदमा राजिव खत्री, प्रियंका बुढाथोकी, रविन्द्र गौतम, तारा फुयाल, र सुरेन्द्र थापा चयन भएका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाका संयोजक एवं प्रमुख अतिथि सुरज आचार्यले श्रमजिवि पत्रकाहरुहरुको शुद्धिकरण प्रतिष्ठान शाखाहरुबाटै हुनुपर्ने बताए । उनले न्युनतम पारिश्रमिक कार्यान्वयन, नियमित र श्रमजीवी पत्रकारहरुले मिडिया हाउसमा कार्यरत पत्रकारहरुले छाड्दा के उपलब्धि प्राप्त हुन्छ भन्ने निक्र्यौल हुने वातावरण बनाइनु पर्ने उनको भनाइ  थियो ।

मेरो एफएमका प्रवन्ध निर्देशक बलराम श्रेष्ठले आफु पनि श्रमजीवी पत्रकार नै भएकोले श्रमजीवि पत्रकारका हक हितका बारेमा आफुलाई पूर्ण जानकारी भएको र लागू गर्न कट्टीवद्ध रहेको जानकारी गराए ।

त्यसैगरी नवनिर्वा्चित कार्यसमितिलाई बधाई दिँदै प्रेश चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपालले न्युनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने र नियमित हुनुपर्नेमा जोड दिए ।