संयुक्त राष्ट्र संघले इराकी शहर मसूलमा अत्यधिक मात्रामा नागरिक हताहत भएको रिपोर्टमा चिन्ता व्यक्त गरेको छ । इराकमा एक वरिष्ठ अधिकारीले यति ठूलो संख्यामा भइरहेको मृत्युमा आफू निकै चिन्तित भएको उनले बताएका छन् ।
एक रिपोर्ट अनुसार अमेरिकी सहयोगीको नेतृत्व भएको हवाई हमलामा कम्तीमा पनि २ सय जना मारिएका छन् । अमेरिकी युद्ध विमान इराकी सेनासँग काम गरिरहेको छ । इराकी सैनिक मसूललाई इस्लामिक स्टेटको कब्जाबाट फिर्ता ल्याउने तयारी गरिरहेको छ ।
यद्यपी, अमेरिकी मिडियाका अनुसार यो मुद्दाको अनुसन्धान भइरहेको छ ।
रिपोर्टले जुन मृत्युको आरोप लगाएको छ, त्यो कहिले र कहाँको हो भन्ने विषयमा अझै स्पष्ट नभएको बताइएको छ । यद्यपी, पश्चिमी मसुलमा भएका पत्रकारहरुका अनुसार उनीहरुले एक बिल्डिङबाट ५० शवलाई निकालिरहेको देखेको छन् । यहाँ मार्च महिनाको सुरुवातमा हवाई हमला भएको थियो ।
इराकी सुरक्षा बलको तर्फबाट मसूललाई आफ्नो कब्जामा फिर्ता ल्याउनका लागि एक महिनादेखि आक्रामक हमला गरिँदै आएको छ । मूसलमा आइएसको बलियो पकड छ । यो शहर सन् २०१४ देखि इस्लामिक स्टेटको कब्जामा छ ।
न्यूयोर्क टाइम्सले अमेरिकी सेनाका अधिकारीलाई उद्धृत गर्दै गठबन्ध सेनाले १७ देखि २३ मार्चबिच भएको हमलामा सर्वसाधारण मारिएका छन् कि छैनन् भन्ने विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।
संयुक्त राष्ट्रको अनुमान अनुसार मसूलको पुरानो शहरमा चार लाख सर्वसाधारण फसेका छन् जसमध्ये एक लाख ८० हजारभन्दा बढिले शहर छोडिसकेको र आउँदा दिनहरुमा तीन लाख २० हजार अन्य मानिसहरु शहर बाहिर जान सक्ने आशंका गरिएको छ ।
मूसलबाट भाग्न सफल भएका मानिसहरुका अनुसार बिद्रोहीले सर्वसाधारणलाई ढालको रुपमा प्रयोग गरिरहेका छन् । उनीहरु ती मानिसहरुको घरमा लुकिरहेका छन् र युवाहरुलाई संघर्षमा समावेश हुन बाध्य बनाइरहेका छन् । अमेरिकी अधिकारीका अनुसार मसूलमा इस्लामिक स्टेटका करिब दुई हजार लडाकु छन् ।
बीबीसी