एमालेसंग एक्लै चुनाब लड्न सकिँदैन भन्दै कांग्रेशभित्र हारगुहार : माअोवादीले तालमेल नगर्ने

२०७३ चैत १८ शुक्रवार
Shikhar News

कांग्रेसको बैठकमा एमालेको ‘भुत’:

चैत– स्थानीय तहको घोषित निर्वाचनमा माओवादीसँग तालमेल नगरे एमालेले एकलौटी जित्ने सम्भावना देखिएको भन्दै सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा माओवादीसँग तालमेल गर्ने प्रस्ताव आएको छ । कांग्रेस महामन्त्रीको दावेदार रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको बैठकमा स्थानीय स्तरमा पार्टी कमजोर भएको भन्दै तालमेल गर्ने नीति लिनु पर्ने वताए । 

‘गाउँ गाउँको अवस्था हामीहरुले सोचेजस्तो छैन, एमालेको बलियो पकड छ । अहिले एमालेसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो छ’ कार्कीको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘कांग्रेसले माओवादीसँग तालमेल गर्ने नीति लिएन भने चुनावी नतिजा कांग्रेसको पक्षमा आउँदैन ।’ 

कार्कीले यस्तो प्रस्ताव राखे पनि कम्युनिस्टहरुसँग त्यस्तो तालमेल सम्भव नभएको भन्दै अन्य नेताहरुले त्यसमाथि चासो दिएनन् । विचार नमिल्ने पक्षसँग तालमेल गर्दा कार्यकर्ता जोगाउन मुस्किल पर्ने र पार्टीले माओवादीको उम्मेदवारलाई समर्थन गरेका ठाउँमा आफ्नै पार्टीका कार्यकर्ता एमालेतिर जान सक्ने तर्क अन्य नेताहरुको थियो । ‘यस्ता चुनावमा आजसम्म कांग्रेसले अरुसँग तालमेल गरेको छैन, माओवादीसँग तालमेल गर्दा हाम्रा कार्यकर्ता झन् निराश हुन सक्छन् र एमालेतिरै लाग्न सक्छन् ’ कार्कीको भनाईलाई प्रतिवाद गर्दै अर्का नेताले बैठकमा भने ।

(https://teledentistry.com)