New from Nepal

सवारी दुर्घटनामा मृत्यु तथा घाईते

काठमाडौं, १९ चैत
नवलपरासी : मध्यविन्दु नगरपालिका–७ चालिस किलो स्थित महेन्द्र राजमार्गमा बिग्रिएर सडक किनारामा रोकी बनाउँदै गरेको ना ४ ख ३९९५ नंबरको बसलाई शनिबार पश्चिमबाट पुर्वतर्फ जादै गरेको UP58T5471 भारतीय नंबर प्लेटको ट्रकले पछाडीबाट ठक्कर दिंदा बसमा सवार ४२ जना मध्य दाङ श्रीगाँउ बस्ने १६ बर्षीय राम चौधरी, १७ बर्षीय बिरवल चौधरी, सुर्खेत जुमखोला घर भएका ३८ बर्षीय हरि राम्जाली मगर र हाल नाम,थर,वतन नखुलेको अंदाजी २७-२८ बर्षीय पुरुष ब्यक्ति समेत ४ जनाको घट्नास्थलमै तथा घाईते भएका ट्रक चालकको उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनामा घाईते भएका बसमा सवार अन्य ५ जनाको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भईरहेको छ ।
बाँके : चिसापानी–४ देउराली मोड स्थित सुर्खेत–नेपालगंज सडक खण्डमा सुर्खेतबाट नेपालगंजतर्फ आउँदै गरेको ना ३ ख ९२७४ नंबरको ट्रक शुक्रबार ब्रेक फेल भई पल्टदा ट्रक चालक सल्यान काभ्रा–१ घर भएका २२ बर्षीय यम बहादुर रोकाको ट्रकले च्याँपिन गई घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गाडी साहु र सह–चालक घाईते भएकोले उपचारको लागी भेरी अंचल अस्पताल लगिएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *