साहित्यबाट राजनीतिमा लम्किएका पुरु लम्साल भन्छन, म स्थानिय चुनाव जित्छु नै

Vianet
साहित्यको क्षेत्रमा पुरु लम्साल कुनै नौलो नाम भने पक्कै हैन । कथा कबिता गजल र नाटकमा ख्याती कमाएका पुरु लम्साल अहिले साहित्यमा मात्रा सिमीत छैनन उनी अहिले स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षमा उमेद्वार समेटा भएका छन् । उनी भन्छन यो पटकको निर्वाचन मेरै पोल्टामा आउने छ । के छ त आधार?माओवादी केन्द्र बाट वडा अध्यक्षमा उठेका पुरु सँग शिखर न्युजले गरेको कुराकानी  :
स्थानिय निर्वाचनको तयारी कस्तो छ ?
निर्वाचनको तयारी राम्रो छ । यो साबिको हल्दिपालिका गाउपालिका  हो अहिले शुर्यगढिनगरको गाउपालिका  ४ अन्तर्गत पर्छ । हामी जनताको घर दैलोमा पुगिरहेकाछौ । उत्साहजनक शाहभागीता छ सबैको । यहाँको जनता सँग प्रत्यक्ष र परोक्ष रुपमा रहदै आएको छु , मेरो ठाउको चाहना मेरो गाउ मेरो वडा आँफै बनाउछु भन्ने मेरो चाहना हो| मेरो सोच अनुरुप मेरो गाउ वडाका ले म जतिको पढेको देश बिदेश बुझेको मान्छे र स्पस्ट खाका भएको ब्यक्तिको खाचो महसुस गरिरहेको बेला उपयुक्त क्यान्डिडेट शायद ममा पाएर पनि होला सबै को चाहनामा म पर्नु ।
तपाईंको पार्टिको खाका अथवा घोषणा पत्रमा के कुरा समाबेश गर्नु भएको छ ?
कृषि क्रान्तिलाई जोड दिएका छौ । चुरेको बन बाट नाश भएका पात बाट दुना टपरी निर्माण , बाख्रा पालन देखी बाझो भएका जमिन मा कफी उत्पादन देखिलिएर मेरा वडाको मुख्य समस्यालाई प्राथमिकता दिनेछु । मेरो गाउ म आँफै बनाउछु भन्ने द्रिढ विश्वाशका साथ लागेको छु ।
 जनताको  विश्वाश जित्छु भन्ने आधार के  छ ?
हिजो कसैले  जित्या थ्यो आज पुरुले लम्सालले जित्न सक्दैन भन्ने हुन्न ।
धेरै छन जित्छु  भन्ने आधार सर्वप्रथम म गाउबाटै सर्व सम्मत छानिएको ब्यक्ती हुँ । त्या माथि भिजन समेत आएको ब्यक्ती हुँ म माथि धेरैलाई विश्वाश छ र जस्लाई छैन उस्लाई बुझाउने प्रयास गर्छु ।  आज जनता शिक्षित  छन् को ब्यक्ती छान्ने भन्ने बुझिसकेका छन् । गाउको पिडा बुझेको छु । आफ्नो गाउ आँफै बनाउ भन्ने नाराको साथ म लागि परेको छु । मेरा प्रती बद्धता पुरा गर्ने छु।
केके योगदान छन तपाईंको त्यो क्षेत्रमा र जित्छु भनेर उठिरहनुभएको छ?
मैले भुकम्प पछी यो ठाउमा धेरै काम गरेको छु । स्कुलमा  पुस्तकालय स्थापना , स्कुलहरुमा शैक्षिक सामाग्री  देखी  कप्प्युटर बितरण  राहत बितरण,स्कुल पुनर्निर्माण  देखी र् धेरै काम  गरेको छु ।  म मेरो गाउ आँफै बनाउछु भनेर लागेको छु बनाउछु पनि ।
जित्छु नै भन्ने आधार के छ ?
एक महिना भो गाउ मै घुरहेको छु हिजो राजनीति गर्नेले झुट को खेती गरेको हुनाले म सुनिरहेको नाम , चिनिरहेको नाम म आफ्नै गाउको ब्यक्ती यहाँ काम गरिरहेको हुनाले म प्रती उहाहरुको विश्वाश छ। उल्लेखनिय छ। सर्बसम्मत चुनिएको छु ।
साहित्यमा हामीले जसरी अरुको कथा ब्यथा उतार्छौ त्यसरी नै राजनीति गर्न सहज् नहोलानी पुरु जि ?
साहित्य पनि समाजको पाटो हो यो भुल्नुहुदैन ।
त्यो साहित्य झै सुन्दर बस्ती बनाउन सकिएला त  ?
भिजन हुनुपर्छ , सकिन्छ , किन नसकिनु? मैले गाउको कुना कन्दरा छामेको छु पिडा र दु:ख केहो यहाँको बुजेको छु यस्को म बिज्ञ  छु तसर्थ मेरो गाउ म बनाउन सक्छु ।  घुमेको, देखेको छु तेसैले विश्वाश छ ,साहित्य रुपान्तरण को कडिहो राजनीति र साहित्य लाईएकै ठाउमा समायोजन गर्न सक्यो भने झन सम्रिद्धी बनाउन सकिन्छ ।
चुनाव को माहोल मा पैसा फलेर जित्छु भन्ने धेरै छन नि
म आफ्नो पैसाले रक्सी ख्वाएर चुनावमा आएको हैन अहिले राम्रो मान्छे चुन्ने छन । मैले ऐले सम्मा कसैको एक पैसानी खाएको छैन भ्रष्टचार गरेको छैन  |
के स्थानइय चुनावमा तपाईंकै जित पक्का हो त ?
हो । मैले जित्नेमा म विश्वास्त छु । म मा सबैको विश्वाश छ म त्यो विश्वाशलाई कायम राख्ने छु ।
taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री