६० प्रतिशत स्थानमा अत्यधिक बहुमतले जित्ने एमालेको दाबी !!!

Vianet

नेकपा (एमाले) का उपाध्यक्ष वामेदव गौतमले आसन्न स्थानीय तहको निर्वाचनमा अत्यधिक स्थानमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ ।

Vianet

एमालेको केन्द्रीय प्रचार विभागले आज यहाँ आयोजना गरेको सञ्चार अन्तरक्र्रियामा उपाध्यक्ष गौतमले निर्वाचन आयोगले सार्वजनिक गरेको निर्विरोध निर्वाचितको सूचीबाटै आफूहरुको अग्रता सुरु भएकाले एमालेलाई पराजित गर्ने अर्काे शक्ति नभएको दाबी गर्नुभयो ।

उहाँले संविधान संशोधन, महाभियोग, अर्काे चरणको निर्वाचनजस्ता समग्र विषय र तिनमा परेका गाँठो फुकाउन एमाले शक्ति निर्णायक भूमिकामा आवश्यक रहेको भन्दै निर्वाचनपछि आवश्यकता परेमा आफ्नो पार्टी सरकारमा जान सक्ने तर तत्काल त्यस्तो सम्भावना नरहेको जनाउनुभयो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले सत्ता गठबन्धनबीच जतिसुकै तालमेल भए पनि आफ्नो पार्टीले ६० प्रतिशत स्थानमा विजय हासिल गर्ने बताउनुभयो । 

उता कांग्रेसले भने कांग्रेसको नेतृत्वमा शान्ति र संविधान !
कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान !! नारा दिइ सम्पुर्ण् मत आफ्नो पक्षमा आउने र नेपाली जनताले कांग्रेसलाइ मात्र पत्याउने र बिस्वाश गर्ने बताउदै आएको छ ।

 

 

 

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री