New from Nepal

धादिङका सबै स्थानीय तहको मतगणना जारी, माओवादीले खाता खोल्यो

धादिङ— निलकण्ठ नगरपालिका बाहेक धादिङको सबै स्थानीय तहको मत गणना सुरु भएको छ। राती देखि नै मत गणना सुरु गरेका गाउँपालिकाहरुबाट मत परिणाम पनि आउन थालेका छन्।

नेत्रावती गाउँपालिकाको वडा नं. १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर पल्ली विजयी भएका छन्। पल्लीले ३ सय ७७ मत ल्याएर विजयी भएका हुन्। प्रतिद्वन्द्वी एमालेका उत्तम अधिकारीले ३ सय १५ मत ल्याएका छन्।

थाक्रे गाउँपालिका वडा नं.१ मा नेपाली काँग्रेसका उम्मेदवार इन्द्रबहादुर थापा विजयी भएका छन्। थापाले ४ सय ८५ मत र एमालेकोे ४ सय ५५ मत प्राप्त गरेका छन्। यस वडामा काँग्रेस माओवादी केन्द्रबीच तालमेल थियो। थाक्रे गाउँपालिकामा अहिलेसम्म प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस अगाडि छन्।

धुनिबेसी नगरपालिकामा एक हजार ३ सय ५० मत गणना भएको छ। १, २ र ३ वडा मतगणना भएकोमा १ र २ मा एमाले ३ वडामा कांग्रेस अगाडि छ। निलकण्ठ नगरपालिकामा भने सर्वदलीय बैठक बस्न नसक्दा मत गणना सुरु हुन सकेको छैन।

जिल्लामा २ नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ वटा स्थानीय तहमा १०४ वडाहरु छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *